९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


कानुन व्यावसायीको आज पनि प्रदर्शन


0
Shares

काठमाडौं । नेपाल बार एशोसियसनमा आवद्ध कानुन ब्यावसायीहरुले आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।

आज सुरक्षाकर्मीले सर्वोच्च परिसरमा प्रवेश गर्न नदिएकाले बारको परिसरमै उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने सवै प्रवेशद्वारहरुमा सुरक्षाकर्मी तैनाथ छन् भने कानुन व्यवसायीहरुलाई पनि प्रहरीले निश्चित घेराभित्र बस्न भनेको छ ।

हिजो प्रदर्शनकारी वकिलहरुको प्रहरीसँग झडप भएपछि आज सुरक्षा ब्यवस्था झन कडा बनाइएको हो । प्रधान न्यायाधीश राणाको राजीनामाको मागका कारण तीन सातादेखि सर्वोच्च अदालतमा मुद्धा हेर्ने काम ठप्प रहेको छ ।