Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


प्रकाशमान र शशांकको जुहारी


0
Shares

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा. शशांक कोइरालाले गरेको टिप्पणीको जवाफ दिनुभएको छ ।

बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने बताउनु भएको थियो ।जवाफमा सिंहले दुष्प्रचार गर्नेहरूले हद नाघेको भन्दै आफू ग्रास रुटबाट पार्टीमा काम गर्दै आएको बताउनुभयाे ।

बुधबार मोरङको विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनले गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफूविरुद्ध कतिपय असभ्य भएर प्रस्तुत भएको आरोप लगाउनुभयो ।

कांग्रेसको १२ औँ महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री भएकाे उहाँले स्मरण गराउनुभयाे । कसैले चिन्दैन भन्नेले इतिहास हेर्न पनि उहाँले आग्रह गर्नुभयो ।

नेता सिंहले आफू पार्टी उपसभापति महामन्त्री र उपप्रधानमन्त्री समेत भइसकेको भन्दै पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको दाबी गर्नुभयाे ।