Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा


0
Shares

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा र न्यानो कपडा वितरण गरेको छ ।

शहीदभूमि गाउँपालिकाले ८५ वर्ष उमेर माथिका करिव १ सय ७० जनालाई घरमै  पुगेर स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरेको हो ।

साथै प्रत्येक ज्येष्ठ नागरिकलाई एक/एक थान ब्लाङ्केटसमेत प्रदान गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाका अध्यक्ष मनोज राईसहित स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर सेवा उपलब्ध गराएको हो ।

बढ्दो उमेर र शारीरिक अशक्तताका कारण ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न कठिन हुने भएकाले चालु आर्थिक वर्षमा कार्यक्रम नै राखेर ज्येष्ठ नागरिकको घर–घरमा स्वास्थ्य सेवा र न्यानो कपडा वितरण गरिएको अध्यक्ष मनोज राईले बताए ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्दै आइरहेको छ ।