९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


स्याङ्जाको गल्याङमा तीन सय क्षमताको सिटी हल निर्माण


0
Shares

स्याङ्जा, कात्तिक ३० । स्याङ्जाको गल्याङ नगरपालिकाले तीन सय जना अट्ने क्षमता रहेको सिटी हल निर्माण गरेको छ ।

गल्याङ नगरपालिका– ३ गल्याङबजार नजिकै सिटी हल निर्माण भएको हो ।

सीटी हल ३ करोड ६६ लाख ३५ हजार रुपैयाँमा निर्माण भएको हो ।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिकाले पूर्वाधार निर्माणमा विभिन्न समस्याहरु झेल्नु परेको बताउनुभयो । आफ्नै प्रशासनिक भवन निर्माण गर्नुपर्ने अवस्था भएकाले विकास निर्माणका अन्य पक्षमा धेरै काम गर्न नसकिएको उहाँको भनाइ छ ।