राजस्थानकी पूर्व मुख्यमन्त्रीद्वारा पशुपतिनाथ दर्शन, भनिन्, ‘मलाई गर्व महसुस भयो’ « Image Khabar


राजस्थानकी पूर्व मुख्यमन्त्रीद्वारा पशुपतिनाथ दर्शन, भनिन्, ‘मलाई गर्व महसुस भयो’



काठमाडौं । भारतको राजस्थानकी पूर्व मुख्यमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ बसुन्धरा राजेले पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

उहाँले सोमबार पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरको पनि दर्शन गर्नुभएको छ । उहाँले पशुपति र गुहेश्वरीको दर्शन गर्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो ।

ट्वीटरमा राजेले लेख्नुभएको छ, ‘नेपालस्थित शक्तिपीठ गुहेश्वरी मन्दिरमा शीर निहुर्याएपछि प्रसिद्ध पशुपतिनाथ मन्दिर दर्शनको सौभाग्य मिल्यो । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश बागमती नदी किनारमा रहेको यो मन्दिर सनातन र बौद्ध वास्तुकताको अद्भुत मिश्रण हो । यहाँको यात्रा गरेर मलाई गर्व महसुस भयो ।’