राजश्व संकलनमा १८ प्रतिशतले कमी « Image Khabar


राजश्व संकलनमा १८ प्रतिशतले कमी



काठमाडौं, कात्तिक ३० । आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजश्व संकलनमा १८ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्ष राजस्व संकलन ८२.८१ प्रतिशत भएको हो ।

मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेस गर्दै राजस्व संकलनमा कमी आएको जनाएको हो ।

कुल राजश्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब र गैरकर राजश्व रकम १ खर्ब ५९ अर्ब गरी १० खर्ब ७२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल ८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलन भएको हो । गत वर्षको बजेटमा विनियोजित १४ खर्ब ७४ अर्बको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को कुल खर्चमा नेपाल सरकारको श्रोतबाट ८२.३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत बैदेशिक स्रोतबाट व्यहोरिएको छ । गत आर्थिक वर्ष संघीय सरकारको संचित कोषमा १२ खर्ब ६७ अर्ब प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब भुक्तानी भई कोष १ खर्ब ७ अर्ब धनात्मक रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।