Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


तनहुँमा नेकपाका जिल्ला सचिवसहित ११ जना प्रहरी नियन्त्रणमा


0
Shares

तनहुँ । नेपाल बन्द गराउन खटिएका ११ जनालाई प्रहरीले तनहुँको दमौलीबाट नियन्त्रणमा लिएको छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दैै मंगलबार सडकमा उत्रिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले दमौली बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गमा गुडिरहेको सवारीसाधनलाई रोक्न खोजेपछि उनीहरूलाई दमौली स्थित भोर्लेटार चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिव राजु विकसहित ११ जना रहेका छन् ।

सदस्य रनवीर राना, अनिल विक, राजकुमार विक, रमेश नेपाली, व्यास नगर इन्चार्ज ओमविक्र्रम पन्त, सदस्य विजय नेपाली, रामबहादुर नेपाली, जीवन परियार, लेखबहादुर नेपाली र गुन्जसिंह कुमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाका बजारहरू पूर्ण रुपमा बन्द भए पनि राजमार्गमा गुड्ने सवारीसाधन भने फाटफुट रूपमा चलेका थिए ।