मौका पाउँदा काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पनुहुँदैन– नेता सिंह « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


मौका पाउँदा काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पनुहुँदैन– नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई नेतृत्व सुम्पिन नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस, पोखरा महानगरपालिका–४ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताउनुभयो ।

नेतृत्वको कारण गर्दा कम्युनिष्टहरूले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उहाँले बताउनुभयो । निर्वाचनपछि कांग्रेस कमजोर हुँदा कम्युनिष्टहरूले मौका पाएको उहाँको भनाइ छ ।

कम्युनिष्टहरूले संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै उहाँले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि कांग्रेस मजबुत हुनुको विकल्प नरहेको बताउनुभयो । १४ औँ महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले जिल्ला सभापति हुँदा आफूले काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्नुभयो । मौका पाउँदा काम गर्नुपर्छ भन्ने मान्यता आफूमा भएको उहाँ बताउनुहुन्छ ।