५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै, सजगता अपनाउन प्रधानमन्त्रीको आह्वान


0
Shares

काठमाडौं । आज(विहीबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ रहेको छ ।

बिक्रम संबत १९९० साल माघ २ गते गएको् विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

१९९० सालपछि २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको अर्को महाभूकम्पले करिब ९ हजार मानिसको ज्यान लियो ।

गोरखा भुकम्पमा ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए, ९ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा पनि आंशिक क्षति पुग्यो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गरेका छन् ।

२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले भूकम्प सुरक्षा दिवसले सबै नेपालीलाई प्राकृतिक विपद्को सामना गर्दै त्यसबाट बच्ने प्रेरणा मिलोस भन्ने कामना गरेका छन् ।