२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


भिसा म्याद सकिएपछि किन नेपालमै बस्छन् विदशी !


0
Shares

काठमाडौं । विदेशीका गतिविधिमाथि अनुगमन नहुँदा सन् २०१९ मा सबैभन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रुपमा बसेको खुलेको छ ।

सोही बर्ष भिसा म्याद सकिएपछि अवैध तवरबाट बस्नेमा अमेरिकीको संख्या दोस्रो रह्यो । गत बर्ष ४ सय १५ चिनियाँ अवैध रुपमा नेपाल बसेका थिए । २३ जना ओभर स्टे रहे ।

अमेरिकीबाहेकका विदेशी एक भिसा बर्षमा डेढसय दिनभन्दा बढी बस्न पाउँदैनन् ।

नेपाल–अमेरिका भिसामा पारस्परिकता कायम भएपछि अमेरिकीहरु एक भिसा बर्षमा १ सय १० दिन बस्न पाउँछन् ।

भिसा म्याद सकिएपछि पनि किन विदेशीहरु नेपालमै बसिरहेका छन् अनुसन्धानको विषय हो ।

विकसित मुलुकमा जस्तो न नेपालमा काम पाइन्छ, न बढी तलब नै । आखिर किन म्याद सकिएपछि पनि विदेशी लुकीछिपी यहीं बस्छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट