
सिन्धुली, साउन १९ । सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलाखोच क्षेत्रको हजारौं हेक्टर खेतीयोग्य जमिन कटान गरेको छ ।
लगतारको वर्षा र बाढीले सिन्धुलीको निपाने, रानीवास, हर्षाही र टाडीमा लगाइएको धानबालीमासमेत ठूलो क्षति पुर्याएको छ ।
चदाहा नदीमा आएको बाढीले भीमस्थान र बेलघारीका हजारौं हेक्टर जमिन कटान गरेको छ ।
महाभारत पहाडबाट आउने बाढीले कमला र मरिण क्षेत्रका किसानले लगाएको धानबालीसमेत कटान गर्नुका साथै नदी आसपासको क्षेत्रका बस्तीलाई जोखिममा पारेको छ ।
सिन्धुलीको मरिण र कमला नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलगायतका सरकारी निकायले हिउँदको समयमा तटबन्ध, तारजालीको प्रबन्ध नगरेका कारण बाढीले खेतीयोग्य जग्गा कटान गरेको हो ।
तराई र भित्री तराई क्षेत्रको बीचमा पर्ने चुरे पहाडको काखमा कमलाखोच क्षेत्र अवस्थित छ । चुरे पहाड विनासका कारणले कमला नदी र खहरेहरुमा आउने बाढीले त्यस क्षेत्रका मानवबस्ती जोखिममा पर्न थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्