२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


भुपेन्द्र हत्या प्रकरणमा थप एकजना पक्राउ, सात जना अझैं फरार


0
Shares

कैलाली, कात्तिक २८ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्ताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले आइतबार लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको हो ।

योसँगै यस घटनामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सात जना अझै फरार रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

हत्याका योजनाकार भनिएका नविन रावल अझैं पनि फरार छन् । गएको मंगलबार टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो ।