५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


गोली हानी युवकको हत्या


0
Shares

धनुषा, साउन १९ । गोली प्रहार गरी धनुषामा एक युवकको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१, इनरुवा टोल रेल्वे स्टेसन हल्टनजिकै शुक्रबार बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो ।

हत्या हुनेमा कमला नगरपालिका–८, सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

घटनास्थलबाट ज५प ६३२१ नम्बरको मोटरसाइकल बरामद भएको छ भने एकथान पेस्तोलसहित तीन राउड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ । रासस