Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


आमनिर्वाचनसम्म सभापति बन्ने र चुनावमा पार्टीलाई जिताएर नेतृत्व हस्तान्तरण गर्ने पौडेलको प्रस्ताव

पौडेल, सिंह र कोइरालालाई सहमति खोज्न आग्रह

0
Shares

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनसम्म आफ्नो नेतृत्व स्वीकार्न आफूपक्षीय नेताहरुसँग आग्रह गर्नुभएको छ ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी पौडेलले आफ्नो समूहको बैठकमा अरुको नाममा सहमति बन्ने सम्भावना पनि कम देखिएकाले आफ्नो नेतृत्व स्वीकार्न अन्य आकांक्षीलाई आग्रह गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर नेतृत्व हस्तान्तरण गर्ने बाचा गर्नुभएको हो ।

आफू सहमतिका लागि बाधक नभएको बताउँदै पौडेलले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालालाई कि त सहमति गरेर साझा उम्मेदवार तय गर्न होइन भने आफ्नो नेतृत्व स्वीकार्न आग्रह गर्नुभएको हो ।

पार्टी नेतृत्वमा देउवाको विकल्प खोज्ने हो भने आफ्नो समूहबाट एकै जनामात्रै उम्मेदवार हुनुपर्ने भन्दै उहाँले एक्लाएक्लै लड्नु घातक हुनेतफै सचेत पनि गराउनुभएको थियो ।

१३ औं महाधिवेशनमा सभापतिमा पराजित भएपनि आफू सक्रिय रहेको भन्दै पौडेलले एक पटक आफूलाई मौका दिन नेताहरुसँग आग्रह गर्नुभएको हो ।

संस्थापन इतर समूहमा पौडेल, सिंह, कोइराला नेतृत्वको आकांक्षी हुँदा संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति बिमलेन्द्र निधिले उम्मेदवारी दिने बताउँदै तयारी गरिरहनुभएको छ ।