
गुल्मी, पुस २९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको सैन्य गठबन्धनमा संलग्न नहुने बताएका छन् ।
मंगलबार गुल्मीमा आयोजना भएको रुरु महोत्सवको उद्घाटन गर्दै उनले सैन्य गठबन्धनमा सामेल नभएपनि नेपालको हित अनुकुलका विकास सहायता भने जुनसुकै देशबाट लिन सकिने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले विकास सहायतासंग बन्दुक जोडेर नआउने भन्दै वैदेशिक सहयोगलाई अनावश्यक वहस बनाउन नहुनेमा जोड दिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत तयार भएकाले वार्ताबाट नै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्