Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, कार्यकारी निर्देशकको राजीनामा माग


0
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

शुक्रबार बिहान १० बजेबाट निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरूले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् ।

विद्यार्थी संगठनका नेताहरूले आम जनता र विद्यार्थीलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गरेका थिए । उनीहरूले सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरूलाई पनि दवाव दिइरहेका छन् ।