Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘ब्राउनसुगर’सहित दुई युवती र एक युवक समातिए


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस २९ । लागुऔषध ‘ब्राउनसुगर’सहित तीनजना पक्राउ परेका छन् ।

सोमबार धनगढी उपमहानगरपालिका–८, बुद्धचोकबाट कैलाली प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा धनगढी–१० का २० वर्षीय उमेश धामी, सोही स्थानकै २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरी छन् ।

धनगढी–१० घर भएपनि धामी धनगढी–८, बुद्धचोकनजिकै डेरागरी बस्दै आएका थिए । उनकै कोठाबाट तीनजना समातिएका हुन् ।

उनीहरुलाई ५१० मिलिग्राम ब्राउगसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुको साथबाट ब्राउनसुगरसँगै सो सेवन गर्न प्रयोग गरेको १० रुपैयाँका नोटलगायतका सामग्रीसमेत बरामद गरिएको उनले बताए । 

उनीहरुविरुद्ध मंगलबार कैलाली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।