४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


गजल गायक निशान भट्टराईको कार दुर्घटनामा निधन


0
Shares

काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टमा गजल गायकका रुपमा रहेका भट्टाराई सोमबार राती सोही रेष्टुरेन्टबाट घर फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई उपचारको क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराईले सयौं गीत गाएका छन् । गायक भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । उनका श्रीमती, एक छोरा एक छोरी छन्।