
इलाम । इलामको माइ र जोगमाई खोलाको संगमस्थल माइबेनीमा माघे संक्रान्तिको अवसरमा मेला लागेको छ ।
मेलामा नेपाललगायत भारतको सिक्किम, भुटान, दार्जिलिड., मिरिकलगायतका स्थानबाट समेत भक्तजनहरु पुगिरहेका छन् ।
स्थानीय उत्पादित कृषि उपज तथा कला संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले हरेक वर्ष मेलाको आयोजना गरिँदै आएको माइजोगमाई गाउँपालिकाले जनाएको छ ।
मेलामा दुर्लभ बन्दै गएको धान नाच समेत प्रदर्शन भइरहेको छ । हिजोबाट सुरु भएको मेला माघ २ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्