
-उपेन्द्र खनाल/ईमेज
तनहुँ । तनहुँको देवघाटमा बाँदरले दुख दिन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
बाँदरले घरमै पसेर सरसामान बिगार्ने, खानेकुरा खाने तथा बालबालिकालाई आक्रमण गर्न थालेपछि स्थानीय हैरान भएका हुन् ।
प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा दैनिक हजारौंको संख्यामा भक्तजनहरु आउने गर्दछन् । तर यस क्षेत्रमा रहेका बाँदरको उपद्रोका कारण भक्तजन र स्थानीयले सास्ती भोग्दै आएका छन् ।
बाँदरले बालबालिकामाथि आक्रमण गर्ने तथा खानेकुरा खोसेर खाइदिने भएकाले समस्या भइरहेको हो ।
बाँदरले स्थानीय व्यवसायी तथा बालबालिकालाई बढी मात्रामा दुःख दिने गरेको स्थानीयहरु बताउँछन् ।
वर्षेनी बाँदरको संख्या अचाक्ली रुपमा वृद्धि हुँदै गए पनि व्यवस्थापनको प्रयास भने हुन सकेको छैन ।
बाँदरले असाध्यैै दुख दिएको भन्दै व्यवस्थापनका लागि चिडियाघर निर्माण गर्नुपर्ने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको भनाइ छ ।
बाँदर आतंकबाट स्थानीय र दर्शनार्थी आजित भइरहे पनि सरोकारवाला निकायले यसलाई मनन गर्न सकेका छैन ।
देवघाट आउने भक्तजनलाई सुरक्षित हुनको लागि देवघाटको झोलुङ्गे पुलदेखि नै चनाखो बन्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्