१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


टेलिकमको एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा


0
Shares

काठमाडौं, साउन १८ । नेपाल टेलिकमले एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा उपलब्ध गराएको छ ।

नेपाल टेलिकमले वितरण गरिरहेको ‘फाइबर टु दी होम’ सेवाअन्तर्गत् इन्टरनेट सेवाका साथै आइपी प्रविधिमार्फत् चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न सुरु गरेको हो ।

सेवाको आरम्भको अवसरमा यही साउन १० गतेदेखि तीन महिनाका लागि ‘प्रमोसनल अफर’कारुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको जनाइएको छ ।