जनकपुरधाम, पुस २८ । प्रदेश नम्बर–२ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यही पुसको १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्ष तथा केही सत्तारुढ सांसदसमेतले अवरुद्ध गरेका थिए ।
योभन्दा पहिले पुस १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
प्रदेशसभाको बैठक अनिश्चित भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्योलमा परेको छ । दर्ता गरिएका विधेयकउपरको छलफलसमेत सुरु हुनसकेको छैन ।








प्रतिक्रिया दिनुहोस्