-डीबी विष्ट/ईमेज
बझाङ । बझाङमा खोला तथा नदीनालामा प्रदूषण बढ्दै गएको छ । विभिन्न ठाउँबाट निस्किने फोहोरमैला जथाभावी फ्याँक्ने तथा खेतीपातीमा अनियन्त्रित विषादी र रासायनिक मलको प्रयोगका कारण जलप्रदूषण बढ्दै गएको हो । यसले पानीमा बस्ने जलचर प्राणी लोप हुने खतरामा पुगेका हुन् ।
बझाङमा रहेको सेती नदी र त्यसका सहायक बाहुलीगाड, तारुगाड, तल्कोटीगाड, थलारीगाड, जडारीगाड, भ्यागुते खोलालगायतका नदीमा प्रदूषण बढ्दै गएको छ । जसको परिणामस्वरुप जलचर प्राणीहरुको वासस्थान खतरामा पर्न थालेको हो ।
घर, विद्यालय, कारखाना तथा होटलबाट निस्किने फोहोरमैला सिधै नदीमा मिसाउने प्रवृत्ति रहेको खेतीपातीमा विषादीको बढ्दो प्रयोग तथा योजनाहीन विकासका कार्यक्रममा कारण नदी प्रदूषण बढ्दै गएको हो ।
त्यस्तै करेन्ट लगाएर माछा मार्ने प्रचलन बढ्दै जाँदा ठूलो संख्यामा चलचर जीव मासिँदै गएको खप्तड छन्ना गाउँपालिकाका स्थानीय मंगल खड्काको भनाइ छ ।
हानीकारक रसायन तथा फोहोरमैला पनि सिधै खोलानाला तथा नदीमा मिसाउने प्रवृत्तिका कारण जलप्रदूषका साथै जलचर जीवको अस्तित्वसमेत संकटमा पर्न थालेको हो ।
पूर्वाधारविद् सन्तोष पन्थी पनि जथाभावी रुपमा सडक कटान गर्दा जैविक विविधतामा खतरा परेको धारणा राख्छन् ।
वातावरण प्रदूषणका कारण जलीय र स्थलीय जीवको अस्तित्वनै खतरामा परेकाप्रति सरोकारवाला सबैले आआफ्नो तहबाट जिम्मेवार भूमिका देखाउन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्