१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


राजीनामा दिन्न, सके महाअभियोग लगाएर हटाउ : शिवमाया तुम्बाहाङ्फे (अन्तरवार्ता)


0
Shares

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले तत्काल पदबाट राजीनामा नदिने अडान लिएकी छन् । 

सोमबार बिहान हामीसँग कुरा गर्दै उपसभामुख तुम्बाहाङफेले आफुले संविधान मात्रै चिन्ने र संविधान अनुसार अहिले आफुले प्रतिनिधिसभाको नेतृत्व गर्नुपर्ने भएकोले राजीनामा दिन नसक्ने स्पष्ट पारिन ।

आफुलाई राजीनामा गराउने नेकपा सचिवालयको निर्णयप्रति उपभामुखले असन्तुष्टी जनाइन् ।

राजनीतिक दल र सदन दुई फरक फरक संस्था भएकोले सत्तारुढ दलले नयाँ सभामुखको उम्मेदवार नतोकेसम्म आफुले पद छोड्न नमिल्ने तुम्बाहाङ्फेको तर्क छ ।

आफु पनि सभामुखको लागि योग्य र स्वभाविक हकदार भएको उनको भनाई छ ।

आफ्नो नाममा सहमति जुट्न नसके कारणसहित आउनुपर्ने उपसभामुख तुम्बाहाम्फेको भनाई छ । चित्तबुझ्दो जवाफ दिन नसके महाअभियोग लगाएर हटाउन उनले चुनौती दिइन् ।

सुनौं, उपसभामुख तुम्बाहाम्फेले ईमेज एफएमसँग गरेको यो कुराकानी ।