२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


युक्रेनको विमान दुर्घटना प्रकरणः माफी मागेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन


0
Shares

काठमाडौं । युक्रेनको विमान दुर्घटना भएकोप्रति इरानले दिइको प्रतिक्रियाको विरोधमा राजधानी तेहरानमा दोस्रो दिन पनि प्रदर्शन भएको छ ।

आन्दोलनकारीले इरानका उच्च नेता आयतुल्ला अली खमेनेइको राजीनामाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

राजधानी तेहरानलगायत विभिन्न शहरमा आन्दोलनकारीले नेतृत्वको विरुद्धमा नाराबाजी गरेको बीबीसीले जनाएको छ ।

आन्दोलनकारी र सुरक्षाकर्मीसँग झडप हुँदा केही आन्दोलनकारी घाइते भएकोसमेत समाचारमा जनाइएको छ ।

आन्दोलनकारीलाई भगाउन सुरक्षाकर्मीले बलसमेत प्रयोग गरेको बताइएको छ ।

उनीहरुले भूलबश युक्रेनको बोइङ विमान दुर्घटनजा गराएको इरानले बताएपछि त्यसविरुद्ध आन्दोलन गरेका हुन् ।

युक्रेनको जहाज बुधबार इरानको इमान खोमेमी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी सेनाले क्षेप्यास्त्र प्रहार गरेर दुर्घटना गराउँदा एक सय ७६ जनाको मृत्यु भएको थियो ।

अमेरिकाले हवाइ आक्रमण गरेर इरानका शीर्ष सैन्य कमाण्डर कासेम सोलेमानीको हत्या गरेपछि त्यसको बदलामा इरानले अमेरिकी सैन्य क्याम्पमा क्षेप्यास्त्र प्रहार गर्ने क्रममा युक्रेनको विमान दुर्घटना भएको थियो ।(एजेन्सी)