सात महिनापछि हुम्ला सिमकोटको उडान सुरु « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


सात महिनापछि हुम्ला सिमकोटको उडान सुरु


0
Shares

काठमाडौं । नेपाल एयरलाइन्सले सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भर्न सुरु गरेको छ । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले आइतबारदेखि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको हो ।

यसअघि नेपाल एयरलाइन्सले विमान संख्या कम भएर उडान भर्न नसकिएको जनाउँदै आएको थियो । अब भने दैनिक उडान हुने भएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगंजबाट सहुलियत दरमा यात्रुहरुले यात्रा गर्न पाउने भएका छन् ।