
काठमाडौं । सल्यानमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका ८ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाइएको छ ।
सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका विभिन्न अस्पतालमा पठाइएको छ । बसमा ३० जना यात्रु थिए ।
दुर्घटनालगत्तै चालक भने फरार भएका छन् । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजे कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो । सडकको खराब अवस्था र बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्