Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


भक्तपुरमा युवा नेता र पत्रकारसहित १५ जना जुवाडे पक्राउ


0
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायणको एउटा जुवाखालबाट प्रहरीले गएराति साढे १२ लाख नगदसहित १५ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत रहेको पनि प्रहरीले बताएको छ ।

चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ वर्षिय राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल रहेका छन् ।

त्यस्तै, ३० वर्षीय जनक खत्री, ४३ वर्षिय जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्वर थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ वर्षिय विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी रहेको प्रहरीले जनाएको छन् ।