Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


नेपाल प्रहरी र वैदेशिक रोजगार विभागबीच सहमति


0
Shares

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्नको लागी नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र वैदेशिक रोजगार विभाग बिच समझदारी भएको छ ।

वैदेशिक रोजगारीका क्रममा हुन सक्ने मानब बेचबिखन तथा ओसार पसार सम्बन्धि घटना नियन्त्रण गर्नका लागि उजुरी प्रक्रिया र कानुनी दायरामा ल्याउन विशेष समझदारी भएको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन गरी समझदारी बारे जानकारी गराएको हो । प्रारम्भिक सुचना संकलनमा सहजीकरण गर्नको लागी यो समझदारीले सहयोग गर्ने विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले बताए ।

यो समझदारी पश्चात वैदेशिक रोजगारीमा जाने व्यक्तिले आफू ठगिएको जानकारी पाएमा तत्काल नजिकको प्रहरी चौकीमा खबर गर्न सक्ने र उजुरी दर्ता गर्न सक्ने भएका छन् । यसबाट व्यक्तिगत ठगी नियन्त्रण हुनुको साथै ठगिनबाट जोगीन सक्ने भुसालको भनाई छ ।

यसअघि कुनै पनि व्यक्तिले ठगिएको शंका लागेमा वैदेशिक रोजगार विभागमा आई उजुरी दर्ता गर्न सक्ने व्यवस्था रहेको थियो ।

वैदेशिक रोजगारीमा जानेहरु व्यक्तिगत ठगीलाई नियन्त्रण गर्न सहयोग गर्ने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगिनबाट बच्न सक्ने भुसालको भनाइ छ ।

यस समझदारी पश्चात ईजाजत नलिइ वैदेशिक रोजगार व्यवसाय गर्नेसंस्था, फर्म वा एजेन्सी तथा वैदेशिक रोजगार सम्बन्धि ठगीमा संलग्न हुने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउन सहज हुने विभागले जनाएको छ ।