९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


भरतपुर कारागारका कैदीवन्दीले कारागारमै लगाए भाइटीका


0
Shares

चितवन । चितवनको भरतपुर कारागारका कैदीवन्दीले कारागारगृहमै भाइटीका ग्रहण गरेका छन् । कारागार प्रशासनले जेलभित्रै टेण्ट टाँगेर भाइटीका लगाइदिन पाउने गरी व्यवस्थापन मिलाएपछि टिका लगाउन सहज भएको हो ।

उत्तम साइत ११ बजेर २ मिनेट भए पनि टीका लगाउने जाने आफन्तहरु धेरै भएपछि बिहानैदेखि टीका लगाउने सुरु गरिएको थियो । कारागार प्रशासनले साउण्ड सिस्टमको व्यवस्था सहित भाइटीका लगाइदिने व्यवस्था मिलाइदिएको थियो । कारागारमा अहिले ७ सय २४ जना कैदीवन्दी र ३ जना आश्रित वालवालिका छन् । कैदीवन्दीमध्ये ५६ जना महिला रहेका छन् ।