Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


बस दुर्घटनामा एक भारतीयको मृत्यु, २५ जना घाईते


0
Shares

कपिलबस्तु । कपिलबस्तु नगरपालिका–८ दोहनीमा बस दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

तौलिहवाबाट भैरहवा जाँदै गरेको लु१ख ६८१३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २६ जना घाइते भएका थिए । पान्डेयको उपचारका क्रममा मृत्यु भएको हो । 

जसमा भारतको खुुनुवा करहिया बस्ने ३५ बर्षीय परमात्मा पान्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

घाइते भएका २५ जनाको तौलिहवा अस्पातलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।