काठमाडौं, पुस २७ । पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती र एकता दिवसका अवसरमा नेपालीहरु प्रति प्रेम, सदभाव र एकताको लागि शुभकामना सन्देश दिएका छन् ।
आज शुभकामना सन्देश दिदैं नेपाल सधैं स्वतन्त्र, अविभाज्य र अखण्ड रहनु पर्ने उल्लेख गर्दै समग्र नेपालीहरुको समृद्धिका लागि गहिकिलो प्रयास हुनुपर्ने शाहको विज्ञप्तीमा उल्लेख छ ।
देशको सम्पुर्ण भूभागको रक्षा र देशको समृद्धिकालागि गहकिलो प्रयास हुनैपर्छ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्र नायकहरुको वीरगाथामा बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुन नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्