Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


आफैँलाई कन्चटमा गोली हान्दा प्रहरी हवल्दारको मृत्यु


0
Shares

जाजरकोट, पुस २७ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । 

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए । रासस