Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


चेपाङ समुदायलाई कम्बल वितरण


0
Shares

हेटौंडा, पुस २६ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बस्ने सीमान्तकृत चेपाङ समुदायलाई शनिबार कम्बल वितरण गरिएको छ ।

गाउँपालिकाको संयोजनमा नन्दकिशोर प्रतिभा प्रतिष्ठानले गाउँपालिकाअन्तर्गत्का १, २ र ३ नम्बर वडाका विकट बस्तीमा बस्ने चेपाङ समुदायका २५० जनालाई कम्बल वितरण गरेको हो । 

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल तथा नन्दकिशोर प्रतिभा प्रतिष्ठान काठमाडौंका दाता नन्दकिशोर श्रेष्ठले कम्बल वितरण गरेका थिए ।

जाडो र चिसो मौसममा कम्बल पाउँदा चेपाङहरु हर्षित बनेका छन् ।

उक्त संस्थाले विगत २२ वर्षदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न ठाउँमा सहयोग गर्दै आएको जनाएको छ ।