Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘एटीएम’ मेसिन फोड्दा–फोड्दै फन्दामा


0
Shares

काठमाडौं, पुस २६ । ‘एटीएम’ मेसिन फोडिरहेको अवस्थामा एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–६ का २४ वर्षीय तिलक खड्का हुन् ।

प्रहरीले उनलाई शनिबार बिहान नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फोडिरहँदा उनी समातिएको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।