काठमाडौं, पुस २६ । गीतकार सिन्धु राणाले रचना गरेका गीतहरुको एल्बम ‘मायाको…!’ विमोचन गरिएको छ ।
शनिबार काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले गीतिसंग्रहको विमोचन गरे ।
एल्बममा रहेका ११ ओटा गीतमा विभिन्न गायक–गायिकाको स्वर रहेको छ ।
उक्त एल्बममा पूर्वप्रधानसेनापति प्रज्ज्वलशमशेर राणाको पनि दुईओटा रचना समावेश छ ।
गीतकार राणाको यसअघि एकल र संयुक्त गरी १२ ओटा गीतिसंग्रह सार्वजनिक भइसकेका छन् ।




प्रतिक्रिया दिनुहोस्