२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


चिनियाँ रेल संचालन गर्न नेपालीलाई तालिम


0
Shares

बेइजिङ । नेपाल–चीनबीच रेल संचालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बन्धमा चीनको प्राचिन राजधानी शहर सिआनमा सम्झौता भएको छ ।

सम्झौता अनुसार, यो बर्ष दशजना नेपाली विद्यार्थीलाई रेल संचालनसम्बन्धी प्राविधिक ज्ञान तथा सीप विकास तालिम दिइने छ ।

चीनको सिआन सहरमा शुक्रबार सिआन रेल्वे कलेज र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता भएको हो ।

बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमा देवी आचार्य र सिआन सेल्वे कलेजका तर्फबाट उप डीन चाओ लिउचेले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतासँगै बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको निर्माण अझै सुनिश्चित हुने देखिन्छ ।

सिआन रेल्वे कलेजबाट उत्पादित दक्ष जनशक्तिले चीनको रेल संचालनमा ६० प्रतिशत हिस्सा ओगटेको बताइन्छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट