२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जलवायु परिवर्तनसँग कसरी लड्ने भन्नेबारे ग्लास्गोमा बहस सुरु


0
Shares

एजेन्सी । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरु जलवायु परिवर्तनसँग कसरी लड्ने भन्नेबारे गरमागरम बसहमा जुटेका छन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका मुलुक, आद्योगिक राष्ट्र र कार्बन उत्सर्जनलाई घटाउन कदम चालिसकेका मुलुकका नेताहरुले आ–आफ्नो दृष्टिकोण राखिरहेका छन् ।

चीन, भारत र ब्राजिललगायत प्रमुख अर्थतन्त्रहरूले कोइला र वन फँडानी जस्ता मुद्दाहरूमा आफ्नो प्रतिबद्धतालाई कडा पार्न दबाबको सामना गर्नु पर्ने संभावना देखिएको छ ।

कम विकसित देशहरूले जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूको सामना धनी राष्ट्रले दिने भनेको आर्थिक सहयोगको प्रतिज्ञा पूरा गर्न दबाव दिने रणनीति बनाएका छन् । सम्मेलनको आयोजक बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्व निकै संवेदनशील घडीमा पुगेको प्रतिक्रिया दिनुभएको छ ।

२१औं सताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम बृद्धिलाई १.५ डिग्री वा बढीमा २ डिग्री सेन्टिग्रेडभित्र सिमित गर्ने विश्वव्यापी प्रतिवद्धता आए पनि अहिलेकै अवस्था रहे त्यो २.७ डिग्रीसम्म पुग्ने चेतावनी विज्ञहरुले दिएका छन् । जसको एउटै परिणाम हुने छ, जलवायु प्रकोप ।