‘ऊर्जा दक्षताका लागि तत्काल कानूनी व्यवस्था गर्नुपर्छ’ « Image Khabar


‘ऊर्जा दक्षताका लागि तत्काल कानूनी व्यवस्था गर्नुपर्छ’



काठमाडौं, कात्तिक १५ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऊर्जा क्षेत्रमा भइरहेको गलत अभ्यासलाई रोक्न र सही अभ्यासलाई अघि बढाउन पनि तत्काल कानून ल्याउनुपर्ने बताउनु भएको हो ।

काठमाडौंमा आयोजित ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धि राष्ट्रिय गोष्ठीमा बोल्दै उहाँले कम खपत गरेर ऊर्जा दक्षता अभिवृद्धि गरी ऊर्जा क्षेत्रको प्रवद्र्धनमा लाग्न सरोकारवाला सबै निकायलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु र ऊर्जा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरु, सम्बन्धित संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी छन् ।