Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त, पद्मा अर्याल भूमि व्यवस्थामन्त्रीमा बढुवा


0
Shares

काठमाडौं, साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरिएको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मोरङ क्षेत्र नम्बर–३ बाट निर्वाचित ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत् नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए ।

यस्तै, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई मन्त्रीमा बढुवा गरिएको छ । अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवलाई नियुक्त गरिएको छ ।

मन्त्रीहरुको शुक्रबारै साढे ४ बजे शपथग्रहण हुने जनाइएको छ ।