Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


गण्डकी प्रदेश सरकारको आठ निर्णय, माघ १ गते सार्वजनिक बिदा


0
Shares

पोखरा, पुस २५ । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पुस २४ मा बसेको बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले सार्वजनिक बिदासहित विभिन्न ८ निर्णय गरेको बताए ।

उनका अनुसार कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

यस्तै प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने निर्णय गरिएको छ ।

होम स्टे संचालनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।

यस्तै प्रदेश दुग्ध विकास बोर्डको सदस्य सचिव नियुक्ति गरिने निर्णय गरिएको छ ।

व्यवसाय इन्कुवेशन सेन्टर स्थापना तथा संचालन गरिने भौतिक पूर्वाधार तथा निर्माण मन्त्री समेत रहेका प्रवक्ता बस्नेतले बताए ।

यस्तै, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृति गरी प्रदेशसभामा पेस गर्नेबारे स्वीकृति दिइएको छ ।