Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


अवैध उत्खननको विरोध गर्ने दिलीपको टिपरले किचेर मृत्यु, हत्या गरिएको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


0
Shares

धनुषा । ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं ५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको ट्रिपरको ठक्करबाट ज्यान गएको हो ।

स्थानीयवासीले भने महतोको नियोजित रुपमा हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरुका अनुसार मृतक महतो अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको विरोध गर्दै आएका थिए ।

त्यसै रिसमा उनको नियोजित हत्या भएको आरोप लगाउँदै स्थानीयहरु विरोध प्रदर्शनमा उत्रीएका हुन् । घटनाको विरोधमा मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

आज बिहान साँढे ४ बजे मर्निङवाकमा रहेका महतोलाई ट्रिपरले ठक्कर दिएको थियो । ठक्कर दिने ना ७ ख ६४१३ नम्बरको ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव पोष्टमार्टमका लागि जनकपुर ल्याएको छ ।