
उदयपुर । सदरमुकाम गाईघाटमा सडक फराकिलो र कालोपत्रे गर्ने कार्य रोकिएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत निर्माणाधिन सडकको उदयपुरको गाईघाट बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माण कार्य रोकिएको हो ।
धरान–चतरा–गाईघाट–भिमान सडकखण्डको अन्यत्र ११ मिटर पिच भए पनि सदरमुकाममा १४ मिटर पिच र दुवैतर्फ २/२ मिटर नालासहित १८ मिटर फराकिलो बनाउने प्राविधिक ईस्टिमेटमा नगरपालिकाले बजार क्षेत्रमा २५ मिटर चौडा गर्ने निर्णय गरी सूचना प्रकाशन गरेपछि जग्गाधनी बीच विवाद बढेको हो ।
पछिल्लो समय जग्गाधनी, आयोजना र नगरपालिकाबीच २० मिटर चौडा गर्ने सहमति भएपनि बरुवा पुल पश्चिमदेखि करिब १ सय ५० मिटर पुरानो गाईघाट पिजी चोकसम्म जग्गा धनीबीच विवाद बढेको हो ।
प्रतिक्रिया दिनुहोस्