२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


ललितपुर महानगरलाई पशु कल्याणमैत्री महानगरपालिका बनाइने


26
Shares

काठमाडौं । ललितपुर महानगरपालिकालाई पशु कल्याणमैत्री महानगरपालिका बनाउने कामको शुरुवात गरिएको छ । गैरसरकारी संस्था स्नेहाज केयरले ललितपुर महानगरपालिका र सडक बिभागसंगको सहकार्यमा यस्तो अग्रसरता देखाएको हो ।

जस अनुसार महानगरभित्रका जेब्रा क्रसिङमा पशुको खुरको आकृति बनाई सवारी चालकलाई सचेत बनाइने छ । सडक दूर्घटनामा दैनिकजसो ३० देखि ३५ वटा जनावर मर्ने गरेकाले चालकहरुलाई सचेत बनाउन यस्तो कामको शुरुवात थालिएको जनाइएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सवारी चालकहरुले सवारी चलाउदा जनावरलाई पनि मानिसलाइ जत्ति नै प्राथमिकतामा राख्न पर्नेमा जोड दिनुभयो । यो कार्य हाल ललितपुर महानगरपालिका क्षेत्रमा गरिने र विस्तारै अन्यत्र पनि विस्तार गरिने जनाइएको छ ।