Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


१५ किलो गाँजासहित तीन पक्राउ


0
Shares

हेटौँडा, पुस २४ । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी र हेटौँडा उपमहानगरपालिका–१५ गरी दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जितकुमार गुप्ता, सोही ठाउँ बस्ने ३१ वर्षीय बालकृष्ण गुप्ता र चितवनको राप्ती नगरपालिका–२ का ३७ वर्षीय कृष्ण थापामगर रहेका छन् ।

बुधबार मनहरितर्फबाट हेटौँडातर्फ आउँदै गरेको बिआर०१सिएम ६२४६ नंको भारतीय कारलाई रोकी जाँच गर्दा लुकाइछिपाई ल्याएको १० किलो १८० ग्राम गाँजा फेला परेपछि कार चालक रञ्जित र कारमा सवार बालकृष्णलाई कारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै मकवानपुर प्रहरीले बुधबार नै हेटौँडा–१५ ड्राइभरडाँडातर्फबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०२–०३–००६ प२८८३ नंको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापाले बोकेको झोलामा लुकाइछिपाई ल्याएको पाँच किलो गाँजा फेला परेपछि निज मोटरसाइकल र गाँजासहित पक्राउ गरेको जनाएको छ । रासस