काठमाडौं । इरानले बुधबार दुर्घटना भएको युक्रेनी विमानको ब्ल्याक बक्स र फ्लाइट डाटा रेकर्डर अमेरिका र बोइङ कम्पनीलाई नदिने जनाएको छ ।
दुर्घटनाग्रस्त युक्रेनी विमानको फ्लाइट डाटा रेकर्डर र ब्ल्याक बक्सबाट विमान दुर्घटनाबारे आफैं अनुसन्धान गर्ने समेत जनाएको छ ।
इरानबाट युक्रेनको राजधानी कियभका लागि उडान भरेको युक्रेनी वायु सेवाको बोइङ सेभेन थ्री सेभेन विमान तेहरानमा दुर्घटना भएको हो ।
दुर्घटनामा विमानमा सवार सबै चालक दलका ९ सदस्यसहित १ सय ७६ जनाको मृत्यु भएको थियो ।
इरान र अमेरिकाबीच तनाव उच्च भएका बेला विमान दुर्घटना भएको हो । युक्रेनी विमान अमेरिकी निर्माता कम्पनी बोइङको हो ।
यस्तोमा दुर्घटनाको अनुसन्धान अमेरिकाको यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने पर्ने हो ।
तर इरानले ब्ल्याक बक्स अमेरिका वा बोइङलाई नदिने बताएपछि त्यसको सम्भावना नरहेको देखिएको छ ।(एजेन्सी)




प्रतिक्रिया दिनुहोस्