Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


समयमा काम सम्पन्न नगर्ने ‘ठेकेदार’लाई कारवाही गर्छु : मन्त्री नेम्वाङ


0
Shares

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् ।

उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी  सरकारले नियमावलीको संशोधन गरेको हो ।  अगामीदिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ ।”

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माण सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

“ठूला पूर्वाधारका आयोजना निर्माण गर्न  निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै  मन्त्री नेम्वाङले भने, “समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानमा मन्त्रालयको विशेष ध्यान दिएको छ ।”

उनी पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत  अनुगमनका क्रममा यहाँ आएका थिए । रासस  

Skip This