Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


उदयपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चारको अवस्था गम्भीर


0
Shares

-केदार कटुवाल/ईमेज

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनिमा बुधबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युु भएको छ । चार जना गम्भीर घाइते छन ।

ताप्ली गाउपालिकाको रामपुर झिल्केबाट बछाङ जाँदै गरेको मे १ ज २६६२ नम्वरको जीप दुर्घटना हुँदा सोही स्थानका २६ बर्षीय मिलन राई, झापा बिर्तामोडका ३३ बर्षका महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो ।

जीपमा सवार ताप्ली–२ का २७ बर्षीय बाबु राई ,४० बर्षीया रसमाया राई, ३२ बर्षीय मोतिलाल राई र बर्ष २१ का चालक कोमलराज मगर गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

हुस्सु ,कुहिरो ,घुमाउरो र साँघुरा कच्ची सडकका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको रछ । घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Skip This