Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


मन्त्री झाँक्री अस्पताल भर्ना


0
Shares

काठमाडौं, कात्तिक ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ ।

निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो ।

‘सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन,’ सहयोगी तामाङले भने, ‘हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो। अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ।’ मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।