
काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ ।
८४ वर्षीय लम्सालको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।
केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको अस्पतालमै निधन भएको हो ।
लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत बन्नु भएको थियो ।
उहाँले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्